नेपाली बजारमा साओमीको नयाँ स्मार्टफोन रेड्मी ट्वेल्भ सार्वजनिक

खबर खुराक
३१ असार २०८०

३१ असार, काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनी साओमीले आफ्नो नयाँ स्मार्टफोन रेड्मी ट्वेल्भ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले उत्कृष्ट प्रदर्शन र फिचर रहेको यो फोन नेपाली बजारमा भित्र्याएको हो ।
रेड्मी ट्वेल्भ ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज र आठ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ । स्टोरेज भने १ टीबीसम्म थप गर्न मिल्ने कम्पनीले जनाएको छ ।

१२ एनएममा निर्मित अक्टाकोर मिडिया टेक हेलियो जी ८८ प्रोसेसर रहेको रेड्मी ट्वेल्भ दुई गिगाहर्जमा टुएक्स आर्म कोरटेक्स(ए५७ कोर तथा १।८ गिगाहर्जमा सिक्सएक्स आर्म कोरटेक्स(ए५५ कोरसहित उपलब्ध छ । यसको प्रोसेसर आर्ममा जी५२ जीपीयू समावेश छ ।

यसमा २४६०ह१०८० को रेजोलुसन र ३९६ पीपीआई सहितको ६.७९ इन्चको फुल एचडी प्लस डट डिस्प्ले दिइएको छ । १५००स्१ को कन्ट्रास रेसियो, ७० प्रतिशत एनटीएससी कलर ग्यामुट तथा ५५० निट्स ९एचबीएम० सम्मको अधिकतम ब्राइटनेस यो फोनमा पाउन सकिन्छ ।

मोबाइलमा ३६, ४८, ६० र ९० हर्ज रिफ्रेश रेटको अप्सन सहित एडप्टिभ सिंक सपोर्ट समेत छ । साथै रिडिंग मोड ३.० र एसजीएस लो ब्लु लाइट पनि रेड्मी ट्वेल्भमा उपलब्ध गराइएको छ ।

क्यामेराको कुरा गर्ने हो भने यो फोनको पछाडि भागमा तीन ओटा क्यामेरा दिइएका छन् । जसमा ५० मेगापिक्सेलको मेन क्यामेरा, १२० डिग्री फिल्ड अफ भ्यू भएको आठ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा र दुई मेगापिक्सेलको म्याक्रो क्यामेरा समावेश छ ।

पछाडि भागमा दिइएको क्यामेराले ३० फ्रेम प्रति सेकेन्टमा १०८० पी ९१९२० बाई १०८०० र ७२० पी ९१२८० बाई ७२०० भिडियो रेकर्ड गर्न सक्छ । अगाडि भागमा भने १०८० पी ९१९२० बाई १०८०० र ७२० पी ९१२८ बाई ७२०० भिडियो रेकर्डिङ गर्न सक्ने आठ मेगापिक्सेलको सेल्फी क्यामेरा पाउन सकिन्छ ।

फोनमा १८ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने ५००० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । ग्राहकले बक्सभित्र २२.५ वाटको फास्ट चार्जर पाउनसक्ने बताइएको छ । यसमा चार्जिङ र डेटा ट्रान्सफरका लागि यूएसबी–सीपोर्ट रहेको छ । फोनमा सुरक्षाका लागि छेउतर्फ फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक फिचर समावेश छ ।

एनएफसी सपोर्ट समेत रहेको रेड्मी ट्वेल्भमा दुई ओटा सिम राख्न सकिन्छ । यसका लागि दिइएको हाइब्रिड स्लटमा एक टीबीसम्मको मेमोरी राख्न मिल्छ ।

फोनले जीएसएम, डब्लूसीडीएमए तथा एलटीईका लागि विभिन्न नेटवर्क ब्यान्ड सपोर्ट गर्छ । यसमा २.४ गिगाहर्ज र ५ गिगाहर्ज फ्रिक्वेन्सीको वाईफाई कनेक्टिभिटी, ब्लुटुथ ५.३ र हेडफोन ज्याकका साथै एफएम रेडियो पनि रहेको छ ।

रेड्मी सिरिज अन्तर्गतको यो फोन बजेट तथा सस्ता स्मार्टफोन प्रयोगकर्तालाई लक्षित गरिएको छ । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पन्डाले साओमी रेड्‌मी ट्वेल्भले प्रयोगकर्ताका लागि डिजिटल संसारका सम्पूर्ण सम्भावनाका ढोका खोल्ने बताए ।

मिड नाइड ब्ल्याक, स्काई ब्लु र पोलार सिल्भर गरी तीन ओटा रङ्गमा उपलब्ध यो फोनको मूल्य ६ जीबी+१२८ जीबी भेरियन्टका लागि १७ हजार ९९९ रुपैयाँ र ८ जीबी+२५६ जीबी भेरियन्टका लागि २० हजार ९९९ रुपैयाँ तोकिएको छ । यी फोनहरू शुक्रबारदेखि नेपालभरका मि स्टोर र साओमीका आधिकारिक रिटेलरमा उपलब्ध भएका छन् ।