नेपाली बजारमा रियलमी ११ प्रो प्लस सार्वजनिक, कति होला मुल्य ?

खबर खुराक
९ साउन २०८०

९ साउन, काठमाडौं । चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीको बहु प्रतिक्षित रियलमी ११ प्रो सिरिज फाइभजी नेपाल भित्रिएको छ । कम्पनीले रियलमी ११ प्रो फाइभजी र रियलमी ११ प्रो प्लस फाइभजी गरी यो सिरिजका दुई भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको हो ।

रियलमी ११ प्रो प्लस फाइभजी यस वर्षको उत्कृष्ट फ्ल्यागशिप क्यामरा फोन भएको कम्पनीको दाबी छ । यो सिरिजका फोन क्यामेराको हिसाबले मात्र नभएर डिजाइनमा पनि उत्तिकै आकर्षक देखिन्छ ।

रियलमी प्रो प्लस फाइभजी विश्वकै पहिलो २०० मेगापिक्सेल तथा चार गुणा लसलेस जूम क्यामरा युक्त फोन भएको दाबी गरिएको छ । ओआईएस सुपर जुम क्यामेरा रहेको फोनमा सामसङको आईएसओसेल एचपी ३ सुपर जुम सेन्सर रहेको छ ।

जुन सेन्सरको आकार १/१.४ इन्चको रहेको छ भने १.६९ को अपार्चर रहेको छ । त्यस्तै यसको नयाँँ अटो जुम फिचरले एक ट्यापमै सेलेक्ट गरिएको भागलाई स्वतः पहिचान गरेर इन्टेलिजेन्ट तरिकाले आफै एङ्गल मिलाएर जुम गर्न सक्छ ।

क्यामरा सेटिङमा सुपर ओआईएस, सुपरनाइट स्केप, मुन मोड र स्ट्यारी मोड रहेका छन् । सेल्फीका लागि अगाडि भागमा ३२ मेगापिक्सलको सोनी क्यामेरा दिइएको छ ।

क्यामेरामा रहेका सुपर ग्रुप पोट्र्रेट मोड, वान टेक मोड र फ्यान फेभरेट स्ट्रिट फोटोग्राफि मोड ४.० जस्ता फिचरले यो फोनलाई अझ दमदार बनाएको छ । सनराइज बेइज, ओसिस ग्रिन र अस्ट्रल ब्ल्याक जस्ता रङ्गमा उपलब्ध यी दुई सेट ५००० एमएएचको शक्तिशाली ब्याट्री र १०० वाटको सुपर भोक चार्जिङ सपोर्ट दिइएको छ ।

२०,००० लेभलको स्वचालित ब्राइट्नेस एड्जस्टमेन्टका साथै १२० हर्जको कर्भ्ड भिजन डिस्प्ले र २१६० हर्जको डिमिङ फ्रिक्वेन्सीका साथै रियल मी ११ प्रो फाइभजीमा २१६० हर्ज पीएमडब्लू डिमिङ सहितको कर्भ्ड भिजन डिस्प्ले राखिएको छ ।

डाइमेन्सिटी ७०५० फाइभजी चिपसेट राखिएको यो फोनमा १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज रहेको छ । रियलमी ११ प्रो प्लस फाइभजी रियलमी यूआई ४.० मा चल्छ ।

सनराइज बेज र ओसिस ग्रीन रङ्गमा उपलब्ध यो फोनको मूल्य नेपाली बजारमा ६१ हजार ९९९ रुपैयाँ राखिएको छ । त्यस्तै रियलमी ११ प्रो फाइभजीको ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ४७ हजार ९९९ रहेको छ । जुन सनराइज बेज र एस्ट्रल ब्ल्याक गरी दुई रङ्गमा आएको छ ।