५६ हजार रुपैयाँको सामसङ ग्यालेक्सी वाच सिक्स सार्वजनिक, कस्तो छ ग्यालेक्सी वाच सिक्स ?

खबर खुराक
११ साउन २०८०

११ साउन, काठमाडौं । सामसङले ग्यालेक्सीले  ५६ हजार मुल्यको वाच सिक्स सिरिज सार्वजनिक गरेको छ ।

 ग्यालेक्सी वाच सिक्स र ग्यालेक्सी वाच सिक्स क्लासिकको प्रि-अर्डर खुलाइएको छ, जसलाई अगस्ट ११ देखि विश्वबजारमा उपलब्ध गराउने कम्पनीको तयारी छ ।

सामसङको वाच सिक्स ४० एमएम र ४४ एमएम गरी दुई भर्सनमा छ, जसकाे मूल्य क्रमशः ३०० (करिब ३९ हजार रुपैयाँ ) डलर र ३३० (करिब ४३ हजार रुपैयाँ) डलर रहेको छ ।

त्यस्तै कम्पनीले वाच सिक्स क्लासिक अन्तर्गत ३४ र ४७ एमएम भेरियन्ट सार्वजनिक गरेको छ । यी भेरियन्टको सुरुवाती मूल्य क्रमशः ४०० डलर (करिब ५२ हजार रुपैयाँ) र ४३० डलर  (करिब ५६ हजार रुपैयाँ) तोकिएको छ ।

कस्तो छ ग्यालेक्सी वाच सिक्स ?
अलवेज-अन मोडमा ग्यालेक्सी वाच सिक्सको ब्याट्री ३० घण्टा र अलवेज-अन मोड अफ भएको अवस्थामा ४० घण्टा टिक्ने कम्पनीको दाबी छ । अनबोर्ड जीपीएस भएको यो स्मार्टवाचमा एमोलेड डिस्प्ले छ ।

२ जीबी र्‍याम भएको यस वाचमा १६ जीबी इन्टर्नल स्टोरेज रहेको छ । यसमा एक्सिनक्स डब्लु ९३० डुअल कोर सीपीयू रहेको छ ।

यसमा एलटीई सिक्स, ब्लुटुथ ५.३, वाई-फाई २.४ र ५ गिगाहर्ज कनेक्टिभिटी सेवा छ । यो वाचले आईपी ६८ रेटिङ पाएको छ । वेयर ओएस फोरमा आधारित यो स्मार्टवाच वन यूआई फाइभ वाचबाट सञ्चालित छ ।

हेल्थ सेन्सरको कुरा गर्ने हो भने यसमा सामसङ बायो एक्टिभ सेन्सर, टेम्प्रेचर सेन्सर, एक्सेलेरोमिटर, ब्यारोमिटर, जाइरो सेन्सर, जिओम्याग्नेटिक सेन्सर र लाइट सेन्सर छन् ।

कस्तो छ ग्यालेक्सी वाच सिक्स क्लासिक ?
अलवेज-अन मोडमा ग्यालेक्सी वाच सिक्सको ब्याट्री ३० घण्टा र अलवेज-अन मोड अफ भएको अवस्थामा ४० घण्टा टिक्ने कम्पनीको दाबी छ । अनबोर्ड जीपीएस भएको यो स्मार्टवाचमा एमोलेड डिस्प्ले समावेश गरिएको छ ।

२ जीबी र्‍याम भएको यस वाचमा १६ जीबी इन्टर्नल स्टोरेज रहेको छ । यसमा एक्सिनक्स डब्लु ९३० डुअल कोर सीपीयू रहेको छ ।

यसमा एलटीई सिक्स, ब्लुटुथ ५.३, वाई-फाई २.४ र ५ गिगाहर्ज कनेक्टिभिटी सेवा छ । यो वाचले पनि आईपी ६८ रेटिङ पाएको छ ।

हेल्थ सेन्सरको कुरा गर्ने हो भने यसमा सामसङ बायो एक्टिभ सेन्सर, टेम्प्रेचर सेन्सर, एक्सेलेरोमिटर, ब्यारोमिटर, जाइरो सेन्सर, जिओम्याग्नेटिक सेन्सर, लाइट सेन्सर, थ्रीडी हल सेन्सर लगायत छन् ।