नेपाल टेलिकमले हरायो १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड

खबर खुराक
२४ साउन २०८०

२४ साउन, काठमाडौं । नेपाल टेलिकमले दश लाख रुपियाँको रिचार्ज कार्ड हराएको जनाएको छ । ढुवानीका क्रममा हराएको उक्त रिचार्ज कार्ड ५० रुपियाँ दरका २० हजार वटा रहेको टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार सी नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गरेको छ ।

बुधवार सूचना जारी गर्दै टेलिकमले सो जानकारी दिएको हो ।