३ हप्ताको लागी ३०००० को ओप्पो स्मार्टफोन २७००० मा पाइने

खबर खुराक
२५ साउन २०८०

२५ साउन, काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओप्पोले नेपाली बजारमा आफ्ना दुई स्मार्टफोनको मूल्य अस्थायी रूपमा घटाएको छ । कम्पनीले बिहीबारदेखि लागु हुने गरी ओप्पो ए ७६ र ओप्पो ए ७७ मोडेलको मूल्य तीन सातासम्मका लागि घटाएको हो ।

ओप्पोका अनुसार छ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको ओप्पो ए ७६ को मूल्य २९ हजार ९९० रहेकोमा तीन हजार रुपैयाँले सस्तिएर २६ हजार ९९० रुपैयाँ कायम गरिएको छ । त्यस्तै २५ हजार ९९९ रुपैयाँ पर्ने चार जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भएको ओप्पो ए ७७ को मूल्य एक हजार रुपैयाँले घटाइएको छ ।

यसअघि २५ हजार ९९९ रुपैयाँ पर्ने यो फोन तीन सातासम्मका लागि २४ हजार ९९९ रुपैयाँमै खरिद गर्न सकिनेछ । बुधवार २५ साउनदेखि भदौ १४ सम्मका लागि घटेको मूल्यमै यी दुई स्मार्टफोन खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।