के तपाई आइफोन चार्जमा राखेर सुत्नुहुन्छ ?

खबर खुराक
१ भदौ २०८०

१ भदौ, बुटवल । राति फोन चार्जमा लगाउँदा फूल चार्ज भयो वा भएन भनेर हेरिरहनु पर्ने झन्झट हुँदैन । त्यसबाहेक पनि बिहान फोन फूल चार्ज भएको देख्दा हामीलाई सन्तुष्ट मिल्छ । तर, यस्तो गर्दा ठूलो दुर्घटना हुनसक्ने भन्दै एप्पलले सावधानी अपनाउन अनुराेध गरेकाे छ ।

​फोन चार्जमा लगाई नजिकै सुत्दा आगो लाग्ने, फोन विष्फोट हुने, इलेक्ट्रिक शक हुने, आईफोन लगायत अन्य सामग्री नष्ट हुनसक्ने कम्पनीकाे भनाइ छ ।

फोन सिरानी तल राखेको छ वा ब्ल्याङ्केटभित्र राखेर चार्जमा राखेकाे छ भने भेन्टिलेट (हावा प्रवाह) हुन नपाएर विष्फोट हुनसक्ने जाेखिम हुन्छ ।

“पावर सोर्समा लगाएर डिभाइस, पावर एडप्टर वा वायरलेस चार्जरलाई बिस्तारा, सिरानी वा आफ्नो शरीर नजिक राखी नसुत्नुहोला । आफ्नो आईफोन, पावर एडप्टर, वा अन्य कुनै वायरलेस डिभाइस राम्रोसँग भेन्टिलेटेड हुने ठाउँमा मात्र राख्नुहोला । तपाईंले शरीरले फोन तातेको थाहा नपाउने अवस्था छ भने फोनलाई विशेष ख्याल गरेर त्यही अनुसार प्रयोग गर्नुहोस्,” कम्पनीले भनेकाे छ ।