सिद्धबाबा सुरुङमार्ग निर्माण साढे ३ प्रतिशत सम्पन्न

खबर खुराक
१२ पुष २०८० १६:१५

१२ पुस, बुटवल । रुपन्देही र पाल्पा जिल्लामा अवस्थित सिद्धबाबा सुरुङ मार्ग योजनाको निर्माणकार्य ३।५० प्रतिशत सम्पन्न भएको छ । सुरुङमार्गको भौतिक प्रगति गत असारसम्ममा ३।५० प्रतिशत भएको छ । त्यसमा २।९४ प्रतिशत वित्तीय प्रगति सम्पन्न भएको छ ।

सरकारले सुरुङमार्ग निर्माण गरी यातायातलाई सहज बनाउनका लागि २०७८ फागुन २५ गते ठेक्का सम्झौता गरेको थियो । आयोजनाको निर्माण कार्यका लागि इन्जिनियरिङ प्रोक्यूरमेन्ट र कन्स्ट्रक्सन ९इपीसी० मोडालिटीमा निर्माण कम्पनी चाइना स्टेट कस्स्ट्रक्सन इन्जिनियरिङ सम्झौता गरेको थियो । सरकारले आयोजना निर्माण गर्न ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

यस योजना अन्तर्गत ११२६ मिटर लामो सुरुङ मार्गको निर्माण तथा २४०० मिटर सडक चौडा गरी सुधार गरिने ठेक्का सम्झौता गरेको थियो । आयोजना दुई चरणमा निर्माण सम्पन्न गर्ने गरी विभाजन गरिएको छ । पहिलो चरणमा इन्जिनियरिङ, प्राक्यूरमेन्ट र कन्स्ट्रक्सन काम ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

त्यसबाहेक निर्माण कार्य सम्पन्न भइसकेपछि पाँच वर्षसम्म सञ्चालन र मर्मतको कार्य ठेक्का सम्झौता गरेको कम्पनीले गर्नेछ ।
हाल आयोजनामा ७२ जना कर्मचारी आबद्ध छन् । आयोजनामा ६० जना स्वदेशी र १२ जना विदेशी कामदार आबद्ध छन् ।नेपालमा पहिलोपटक पूर्ण रुपमा नेपाल सरकारको लगानीमा निर्माण हुन लागेको यस सुरुङ मार्ग निर्माण भए लगत्तै बुटवल–पाल्पा सडक खण्डको यात्रा सहज र खतरा मुक्त हुने विश्वास गरिएको छ ।

सुरुङमार्ग निर्माण पश्चात् रुपन्देही तथा पाल्पा जिल्ला पर्यटकीय हबको रुपमा विकास हुन सक्ने हुँदा पर्यटन क्षेत्रको प्रवद्र्धन भई थप रोजगारी सिर्जना समेत हुनेछ । भौगोलिक हिसावले अति जटिल क्षेत्र हुनुका साथै मौसमी कारणले १२ महिना नै निर्माण कार्य गर्न समस्या रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *