बुटवलमा सार्वजनिकस्थलका घरटहरा हटाउन थालियो

खबर खुराक
२३ पुष २०८० १०:२१

२३ पुस,रुपन्देही । बुटवल उपमहानगरपालिकाले सार्वजनिकस्थलमा निर्मित घरटहरा हटाउन थालेको छ । सार्वजनिकस्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, उद्यान र चौतारी निर्माण गरिने उपमहानगरपालिकाले जनाएको छ ।

अतिक्रमित क्षेत्र हटाउने कार्यक्रमअन्तर्गत आइतबार बुटवल–५, हाटबजार लाइनका तीन र नेपालगन्ज रोडको एउटा टहरा भत्काइएको छ ।

इलाका प्रहरी कार्यालय बुटवल, नगर प्रहरी, भूमि शाखा र स्थानीयको सहयोगमा ती टहरा हटाइएको बुटवल उपमहानगरपालिका–५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले जानकारी दिउ । उनका अनुसार, हाटबजार लाइनमा टहरा हटाएका सडक क्षेत्रबाहेकको स्थलमा उजिरसिंह फल्चा, रामापिथेकस उद्यान निर्माण गरिनेछ । रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *