आगन बहुउद्देश्यीय सहकारीको अध्यक्षमा बस्याल

मिलन वि.क
२८ पुष २०८० १९:५४

पाल्पा, २८ पुस । आगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

अधिवेशनले गोपालप्रसाद बस्यालको अध्यक्षता ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा नरभुपाल विक (मिलन), सचिवमा श्रीप्रकाश ढुंगाना, सह-सचिवमा लक्ष्मी पाण्डे, कोषाध्यक्षमा रामप्रसाद खनाल निर्वाचित भएका छन् ।

यसैगरी सदस्यमा अम्बिका पाण्डे, रामप्रसाद भट्टराई, कमला सारू, अन्जु भण्डारी, शकुन शाक्य, बालकृष्ण बस्याल निर्वाचित भएका छन् । उनीहरू सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक घनश्याम भट्टराईले जानकारी दिनुभयो ।

यस्तै भविन्द्र गौतमको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरिएको छ । सदस्यमा रन्जना श्रेष्ठ र कृष्ण अर्याल रहेका छन् ।

साधारण सभामा प्रमुख अतिथि तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले सहकारीले युवालाई स्वरोजगार बनाउने खालका कार्यक्रम गर्नुपर्ने बताउनुभयो । नागरिकको हितमा हुने काममा स्थानीय सरकारले सहकारीसँग सहकार्य गर्ने उहाँले बताउनुभयो ।

विशिष्ट अतिथि निवर्तमान नगरप्रमुख अशोक कुमार शाहीले सहकारीले ॠण लगानी र बचत गर्ने मात्र नभई शेयर सदस्यलाई आर्थिकोपार्जनमा जोड्ने गरि कार्यक्रम संचालन गर्न आवश्यक रहेको बताउनुभयो ।

तानसेन नगरपालिका सहकारी शाखा प्रमुख विष्णु पौडेल संचालक समितिको नेतृत्वमा बसेका टिमले राम्रो गाइड गर्न सके सहकारी अभियान सफल हुने बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष भीमलाल भट्टराईले संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष अम्बिका पाण्डेले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक भविन्द्र गौतमले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन सुझावसहित साधारण सभाबाट सर्वसम्मत पारित भएको छ ।

उपाध्यक्ष गोपालप्रसाद बस्यालले स्वागत गर्नुभएको कार्यक्रममा सचिव नरभुपाल विक (मिलन) ले संचालन गर्नुभएको थियो ।

अध्यक्ष भीमलाल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम जेष्ठ नागरिक, एसइई र १२ कक्षा पास गरेका सेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो । यस्तै असल ॠणी, असल मासिक र दैनिक बचतकर्तालाई सम्मान गरिएको छ । संस्थामा इमानदार काम गरेको भन्दै कर्मचारीलाई समेत नगदसहित सम्मान गरिएको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *