एसईई परीक्षा चैत १५ गतेदेखि (तालिकासहित)

खबर खुराक
९ माघ २०८० १५:३१

९ माघ, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेको छ । आगामी चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एसईईको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

माघ ७ गते बसेको बोर्डको बैठकले यो वर्षको एसईईबारे निर्णय गरेको थियो । बोर्डले यसअघि सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार चैतको पहिला साताबाट परीक्षा सञ्चालन गर्ने भनिएको थियो । तर, पहिला साता होली पर्व परेकाले दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

परीक्षा तालिकाअनुसार पहिलो दिन चैत १५ गते अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । परीक्षाको अन्तिम दिन चैत २७ गते ग्रेडबृद्धि अन्तर्गतका परीक्षाहरू सञ्चालन हुनेछन् ।

परीक्षा केन्द्रहरूको जानकारी सम्बन्धित शिक्षा विकास निर्देशनालय र शिक्षा विकास तथा समन्वय इकाइबाट हुने बोर्डले जनाएको छ । तोकिएको केन्द्र र तालिका अनुसार परीक्षामा सामेल नहुने परीक्षार्थीलाई परीक्षाको अर्को व्यवस्था नगरिने बोर्डले जनाएको छ ।

एसईई दिने अपाङ्गता भएका परीक्षार्थीको सहजीकरणका लागि केन्द्राध्यक्षले सम्बन्धित विद्यालयसँग समन्वय गरी आवश्यक व्यवस्था गर्नुपर्नेछ
सुचि।


प्रतिक्रिया

धेरै पढिएको

सिडियोलाई स्वागत

३० जेठ २०८१ १६:४३

वृक्षरोपणका लागि तयारी

३१ जेठ २०८१ १८:१३

कवितामा ढोलीमारा

३१ जेठ २०८१ १९:०४