सहिद दिवसमा एमाले तानसेन नगर कमिटीको रक्तदान कार्यक्रम

खबर संसार
१६ माघ २०८० १४:०७

मिलन विश्वकर्मा

पाल्पा, १६ माघ । नेकपा एमाले तानसेन नगर कमिटीले सोमबार रक्तदान कार्यक्रम आयोजना ग¥यो ।

सहिद दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय पाल्पाको मुलगेट अगाडि रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
रक्तदान गर्नेमा महिला पनि इच्छुक देखिए। २१ जनाले रक्तदान गरेका छन्। जसमध्य ६ जना महिलाले रक्तदान गरेका हुन् । कतिपयले स्वास्थ्य अवस्थाका कारण चाहेर पनि रगत दिन पाएनन् ।

छोराछोरीलाई जन्म दिन मात्रै होइन् । अकालमा ज्यान जानबाट जोगाउन महिलाले पनि सक्छन् । भन्ने सन्देश दिनका लागि आफूले रक्तदान गरेको तानसेन नगरपालिका–३ भगवतीटोलकी रेनुका बस्यालले बताउनुभयो । उहाँले थप्नुभयो, ‘मैले दिएको रगतले कसैको जीवन बचाउँन सहयोग पुग्नेछ ।’ अन्य महिलालाई रक्तदान गर्न प्रेरणा मिल्ने बताउनुभयो ।

हरेक काममा महिला पनि सक्षम छन्। महिलाले रगत दिन सक्दैनन् भन्ने भ्रम चिर्नका लागि आफूले रक्तदान गरेको तानसेन ९ मदनपोखराकी भवानी गौतमले बताउनुभयो ।

आफूले दिएको रगतले कसैको अमुल्य जीवन रक्षाका लागि सहयोग पुग्ने तानसेन ३ की सिवा सिंजाली बताउनुहुन्छ ।
नगर कमिटी अध्यक्ष गुराँस आत्रेयले रगत दिएर कार्यक्रमको शुभारम्भ गनुभएको थियो । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले पनि रक्तदान गर्नुभएको छ ।

तानसेनस्थित युनाइटेड मिसन अस्पतालले प्राविधिक सहयोग गरेको थियो ।

यसरी संकलन गरिएको रगत पहुँच नपुग्ने बिरामीका लागि प्रयोग गर्न भनिएको नगरकमिटी अध्यक्ष गुराँस आत्रेयले बताउनुभयो । दिनदुखी, गरिब विपन्न परिवारका बिरामीका लागि रगत दिएको उहाँले बताउनुभयो ।

राष्ट्र र राष्ट्रियताको निम्ती जसरी हाँसिहाँसी सहिद बने । त्यसलाई प्रेरणाको रुपमा लिएर गरिएको रक्तदान कार्यक्रम सह्रानीय भएको बताउनुभयो । व्यक्ति बाँचे राजनीति हुने हो । आफ्नो पार्टीले रगतको अभावले कुनैपनि बिरामी मर्न हुँदैन् भन्ने कुरालाई आत्मसाथ गरेर आयोजना गरेको रक्तादान गरेको उहाँले बताउनुभो। जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने रचनात्मक काम गर्दै जाने उहाँले बताउनुभयो ।

मानव जीवनसँग जोडिएको महत्वपूर्ण कार्यक्रम राजीनितक पार्टीले गरेको भन्दै सहभागिले धन्यवाद दिएका थिए ।



प्रतिक्रिया