बझाङको परकाट्ने केन्द्रबिन्दु भएर भूकम्पको धक्का
![बझाङको परकाट्ने केन्द्रबिन्दु भएर भूकम्पको धक्का](https://khabarkhurak.com/wp-content/uploads/2023/05/earthquake-logo.webp)
४ फागुन, बझाङ । बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा परकाट्ने आसपास केन्द्रबिन्दु भएर चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रवबिन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा मात्र एक सय ५३ जनाले अकालमा ज्यान गुमाएका थिए भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए । रासस
प्रतिक्रिया दिनुहोस