रम्भामा एमालेको प्रशिक्षण

खबर संसार
७ फागुन २०८० २०:१४

पाल्पा, ७ फागुन । नेकपा एमाले रम्भा गाउँकमिटीको आयोजनामा एक दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले पार्टीको दशाैं महाधिवेशनको कार्यदिशाबारेमा प्रशिक्षण दिनुभएको थियो । पार्टीको नीति, सिद्धान्त र विचारलाई अवलम्बन गरेर अगाडि बढ्न उहाँले निर्देशन दिनुभयो । आगामी निर्वाचनमा सबै वडामा एमालेको जीत हुने गरी गतिविधि संचालन गर्नुपर्ने उहाँले बताउनुभयो ।

यस्तै उपसचिव दीपक विश्वकर्माले पार्टी संगठन र व्यवस्थापन, जिल्ला कमिटी सचिवालय सदस्य तथा रम्भा गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले स्थानीय तहमा विकास निर्माणको अवस्था र राष्ट्रिय महाअधिवेशन प्रतिनिधि परिषद सदस्य ओमबहादुए घर्ती मगरले माक्र्सवादको विकास र जवजको बारेमा सहजीकरण गर्नुभएको थियो।

धनबहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँ कमिटीका पदाधिकारी र सम्पूर्ण सदस्य, वडा कमिटीका पदाधिकारी गरी करिब ८० जनाको सहभागिता रहेको थियो ।

उपाध्यक्ष गौतम विश्वकर्माले स्वागत गर्नुभएको कार्यक्रममा सचिव गंगा बहादुर गाहाले गर्नुभएको थियो ।

कार्यक्रमा एमाले प्रदेश कमिटी सदस्य गोपाल पौडेल
र योगेन्द्र कुमार गैरे, जिल्ला कमिटीका सचिवालय सदस्य तथा क्षेत्र नम्बर १ का संयोजक विमल काफ्लेको पनि उपस्थिति रहेको थियो ।

एमालेले जिल्लाका सबै स्थानीय तहमा पार्टीको प्रशिक्षण कार्यक्रम आयोजना गर्ने सचिव रामजी पोखरेलले जानकारी दिनुभयो ।

 



प्रतिक्रिया