नेपाली नागरिकले भारतमा सहजै सिमकार्ड पाउने

खबर खुराक
८ फागुन २०८० १०:१९

८ फागुन, काठमाडौं । नेपाली नागरिकले पनि अबदेखि भारतीय सिमकार्ड प्राप्त गर्ने भएका छन् ।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले सामाजिक सञ्जालमार्फत् दिएको जानकारीअनुसार “अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाइने भएको छ । पहिले प्राविधिक कारणले पाइँदैन थियो ।”

उनले नेपाली राजदूतावासले औपचारिक अनुरोध गरेको केही हप्तामा यो निर्णय भएको बताएका छन्



प्रतिक्रिया