लायन्स क्लव अफ बुटवल इलिटद्वारा रक्तदान तथा निःशुल्क मधुमेह परिक्षण
लायन्स क्लव अफ बुटवल इलिटको आयोजना मा २०८१ मङ्सिर २२ गते शनिबार रक्तदान तथा निसुल्क मधुमेह कार्यक्रम बुटवल विपि. चोकमा सम्पन्न भयो । सो कार्यक्रम को अध्यक्षता क्लवका अध्यक्ष लायन अरुण कुमार ज्ञवालीले गर्नुभयको थियो
प्रमुख अतिथि डिष्ट्रिक गभरनर ३२५ पि, नेपाल पि.एम.जि.एफ लायन पुरुषोत्तम भक्त प्रधानाङ्ग, विशिष्ट अतिथि आइपिजिडि एमजेएफ लायन अर्जुनमान सैंजु, विशिष्ट अतिथि प्रथम भाईस डिष्ट्रिक गभर्नर पि.एम.जे.एफ बालाराम भट्टराई अतिथि द्वितिय भाईस डिष्ट्रिक गभर्नर एप.जे.एफ लायन सन्दिप कसौधन, डिष्ट्रिक क्याबिनेट सचिव एम.जे.एफ लायन माधव खनाल, जि.एस.टी कोर्डिनेटर एम.जे.एफ लायन आशिष कृष्ण श्रेष्ठ, जि.एम.ए कोर्डिनेटर एम.जे.एफ लायन एमएल पाण्डे, एरिया-३ चिफ एम.जे.एफ लायन शान्ति पाठक पाण्डे, डिष्टिङक प्रोग्राम मेम्मर तथा यस संस्थाका संस्थापक अध्यक्ष लायन सन्तोष आचार्यको उपस्थित रहेको थियो । नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्र, बुटवलको प्राविधिक सहयोग रहेको थियो ्र कर्यक्रममा ७४ जनाले रक्तदान तथा २५३ जनाको मधुमेह परिक्षण गरियको थियो ।
“रक्तदान जीवनदान“ रहेको उल्लेख गर्दै पवित्र कर्ममा सहभागी रक्तदाताहरुलाई क्लवका अध्यक्ष लायन अरुण कुमार ज्ञवालीले विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रम संयोजक यस क्लवका तृतिय उपाध्यक्ष लायन केशव पौड्यालले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालक लायन दिनेश पाण्डेले गर्नुभएको थियो । कार्यक्रममा क्लवका सदस्यहरु तथा स्थानीय समूदायको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस