बिर्घा युथ क्लबको अध्यक्षमा चोलाकान्त पाण्डे

खबर खुराक
२१ वैशाख २०८२

मिलन विश्वकर्मा

पाल्पा, २१ बैशाख । बिर्घा युथ क्लब कालीगण्डकी गाउँपालिका-४ बिर्घाको अध्यक्षमा चोलाकान्त पाण्डे निर्वाचित भएका छन् ।

जसको उपाध्यक्षमा कमल नेपाली, सचिवमा बुद्धिबल परियार, सहसचिवमा विपिन्द्र पाण्डे, कोषाध्यक्षमा रविना नेपाली निर्वाचित भएका छन् ।

सदस्यमा ईश्वर पाण्डे, सुमन दर्जी, रीता विक, रीता परियार, दीपक थापा, सुनिता विक रहेका छन् ।

सर्वसम्मत नयाँ नेतृत्व निर्वाचित भएका हुन् ।