लुम्बिनी इन्टिग्रेटेड एकेडेमीमा रक्तदान
८ साउन, तिलोत्तमा | लुम्बिनी इन्टिग्रेटेड एकेडेमी र नेपाल नियमित रक्तदाता संघ, रुपन्देहीको आयोजनामा आज लुम्बिनी इन्टिग्रेटेड एकेडेमीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुटवलमा पछिल्लो समय केही रक्त समूहको रगत अभाव भइरहेको अवस्थामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बी.ए.एल.एल.बी. र बि.एस्सी.फरेष्ट्रीमा अध्ययनरत विद्यार्थी, शिक्षक र कर्मचारीहरुबाट ३१ पिन्ट रगत संकलन भयो ।

रक्तदान कार्यक्रममा शुभकामना व्यक्त गर्दै तिलोत्तमा नगरपालिका वडा नं.३ का अध्यक्ष कल्याण पौडेलले कलेजले शैक्षिक गतिविधिसँगै सामाजिक हितको कार्यक्रम गरिरहेकोमा प्रशंसा व्यक्त गर्दै स्थानीय तहबाट आवश्यक साथसहयोग हुने बताए । कार्यक्रममा रक्तदाताहरुलाई नेपाल नियमित रक्तदाता संघ, रुपन्देहीका अध्यक्ष अशेष सिलवालबाट प्रमाणपत्र प्रदान गरियो ।

कार्यक्रममा बोल्दै एकेडेमीका कोअर्डिनेटर रामचन्द्र श्रेष्ठले कलेज नयाँ इन्टेकको भर्नाको क्रममा रहेको र नयाँ भर्नासँगै रक्तदाता विद्यार्थीको सङ्ख्या बढ्दै जाने उल्लेख गरे । लुम्बिनी इन्टिग्रेटेड एकेडेमी लुम्बिनी प्रदेशमा बि.एस्सी.फरेष्ट्री अध्यापन गर्ने एकमात्र कलेज हो । एकेडेमीमा पूर्वाञ्चल विश्वविद्यालयको बी.ए.एल.एल.बी. पनि अध्यापन हुन्छ ।




प्रतिक्रिया दिनुहोस