श्रीलंकामा सम्पन्न ११औँ खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा लायन विपिन खनालकी सुपुत्रिको उत्कृष्ट सफलता

खबर खुराक
२ मंसिर २०८२

बुटवल । मंसिर ०२ गते । लायन्स क्लव अफ बुटवल इलिटका सदस्य लायन विपिन खनालकी सुपुत्री रियाना खनाल – कुमितेः स्वर्ण पदक ल्याउन सफल भएकि छन् । श्रीलंकामा सम्पन्न ११औँ खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ४ स्वर्ण, १ रजत र ३ कास्य पदक जित्न सफल भएको छ । जापान सोतोकान कराते संघ, श्रीलंका द्वारा आयोजित उक्त प्रतियोगितामा नेपाल, भारत, युक्रेन, श्रीलंका र सिंगापुरका खेलाडीहरूको सहभागिता रहेको थियो ।
क्लवका अध्यक्ष लायन धु्रव तिवारी लगायत सम्पूर्ण सदस्यहरुले रियाना खानाल लाई बधाई ज्ञापन गर्दै आगामि दिनमा पनि सफलताको शुभकामना व्यक्त गर्नुभयो ।