रामपुर अंग्रेजी आवासीय माविले पनि पायो आईएसओ लोगो
सिर्जना घिमिरे
पाल्पा, २९ पुस । रामपुर नगरपालिकास्थित रामपुर अंग्रेजी आवासीय माध्यामिक विद्यालयले पनि अन्तराष्ट्रिय गुणस्तर चिन्ह आईएसओ लोगो प्राप्त गरेको छ ।
निजी तथा संस्थागत विद्यालयतर्फ यश विद्यालय पहिलो बनेको छ । विद्यालयमा मंगलबार एक कार्यक्रमको आयोजना गरी लोगो हस्तान्तरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरूप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रवन्ध निर्देशक सूर्यप्रसाद घिमिरेले विद्यालयले २५ प्रतिशत मापदण्ड पुरा गरी लोगो प्राप्त गर्ने स्थानसम्म आइपुग्दा धेरै चुनौती पार गरेको बताउनुभयो । उहाँले शुरूवाती समयमा भाडाको घरबाट अहिले आफ्नै पक्की भवन बनेको छ । २९ जना लगानीकर्ताको लगानीमा शुरू भएको विद्यालयमा पछिल्लो समय ७३ जना लगानीकर्ता रहेका छन् ।
६० जना शिक्षक कर्मचारी छन् । १ हजार १ सय ३९ विद्यार्थी अध्ययनरत छन् ।
निर्देशक घिमिरेले विभिन्न समयमा विभिन्न तहहरु थप्दै एसईईमा ४ जिपिए तथा कक्षा १२ मा लुम्बिनी प्रदेशमै उदाहरणीय नतिजा ल्याउन सफल विद्यालय अन्तराष्ट्रिय गुणस्तर चिन्हको लोगो मात्रै होइन प्रमाणपत्र लिने गतिमा अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य अर्थ उद्योग तथा पर्यटन समिती सभापति राजुप्रसाद श्रेष्ठले निजी तथा संस्थागत विद्यालय लतर्फ रामपुर अग्रेजी आवासीय माध्यामिक विद्यालयले गरेको प्रगतिको प्रशंसा गर्दै अब विद्यार्थीमा व्यवहारिक ज्ञानको आवश्यक रहेको उल्लेख गर्नुभयो । प्राविधिको जमाना भएकोले विद्यार्थीलाई प्राविधिक हिसाबले दक्ष बनाउदै व्यवहारिक शिक्षामा जोड दिन उहाँल सुझाव दिनुभयो । सभापति श्रेष्ठले रामपुरलाई शिक्षा र स्वास्थको हवको रुपमा विकास गर्नेगरि अगाडि बढेको बताउनुभयो ।
ग्लोबल क्वालिटी काउन्सील नेपालका फोकल पर्सन सुदीप शर्माले निजी विद्यालयतर्फ रामपुर अग्रेजी आवासीय माध्यामिक विद्यालयले राम्रो काम गरेर लोगो लिने स्थानसम्म आइपुगेको र अझै धेरै मापदण्डहरू पार गरेर अगाडि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्ले, रामपुर ५ का वडाअध्यक्ष दुर्गाप्रसाद पोख्रेल, रामपुर उद्योग बाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, दरैठाटी माध्यामिक विद्यालयका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा, आनन्द निकेतन विद्याश्रमका प्रिन्सीपल गोविन्दप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोख्रेल, विद्यार्थी सारदाप्रसाद श्रेष्ठ, सृष्टि सुनार, रिदम भण्डारी लगायतले विद्यालयको प्रगतिको प्रशंसा गर्दै अन्तराष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरेकोमा विद्यालयलाई बधाई र शुभकामना दिनुभयो ।
कार्यक्रमको संचालन विद्यालयका भाइस प्रिन्सीपल खुम सारूले गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस