एमाले पाल्पाले पनि मनायो नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवस
पाल्पा, ९ बैशाख । नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवस पाल्पामा पनि मनाइएको छ ।
नेकपा एमालेले प्रवचन कार्यक्रमको आयोजना गरेर बुधबार दिवस मनाएको हो ।
आफ्नो नेतृत्वमा कसैले पनि पार्टी राम्रो नहोस् भन्दैनन । अहिले नेतृत्वमाथि भएको हमला विरुद्ध प्रतिवाद गर्न कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य नारायण आचार्यले बताउनुभयो । पार्टीलाई धेरै अप्ठ्यारो परेको छ । एमालेको नेतृत्वमा रहेको सरकारले राम्रो काम गरेको हुँदा घेराबन्दी भएको उहाँले बताउनुभयो ।
भावनामा बहकिएर पार्टी र नेतृत्वको विरुद्ध गलत नबुझ्न उहाँले अपिल गर्नुभयो ।
रास्वपा नेतृत्वमा बनेको सरकारमा सहभागी मन्त्री समेत विवादमा परेका छन् । संविधान र कानून भन्दा माथि कोही छैन । अहिले सरकारले विवादमा आएका कुनै पनि व्यक्तिमाथि छानबिन नगरेको बताउनुभयो ।
पटकपटक विवादमा परेका गृहमन्त्री सुदन गुरुङको संरक्षण गर्ने कार्यले यसको पुष्टि गरेको आचार्यले बताउनुभयो ।
पाल्पामा पनि एमालेको नेतृत्वमा बनेका स्थानीय सरकार र जनप्रतिनिधिले विकास निर्माणसँगै जिविकोपार्जनमा जोड्ने काम गरेको उहाँले बताउनुभयो ।
निराश हुनु हुँदैन । इमानदार भएर पार्टीको उदेश्य अनुसार जनताको हितमा काम गर्न अनुरोध गर्नुभयो । नेतालाई पनि सुझाव दिनुहोस् । आपसमा समन्वय र सहकार्य गरेर अगाडि बढ्नुपर्ने नेता आचार्यले बताउनुभयो ।
कार्यक्रम एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्ती मगरले कम्युनिस्ट पार्टी स्थापना, वर्तमान अवस्थाका बारेमा अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।
एमाले तानसेन नगर कमिटी अध्यक्ष गुराँस आत्रेयले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्र, जिल्ला र स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस