राजमो पाल्पाको आयोजनामा वर्तमान राजनीतिक अवस्था र संविधान संशोधन विषयक अन्तरक्रिया
मिलन विक
पाल्पा, ३ जेठ । राष्ट्रिय जनमोर्चा पाल्पाको आयोजनामा
वर्तमान राजनीतिक अवस्था र संविधान संशोधन विषयक अन्तरक्रिया कार्यक्रम आइतबार तानसेनमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गणेश आचार्यले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले संघीयता खारेज हुनुपर्ने बताउनुभयो ।प्रदेश संरचना खारेज गर्नुपर्छ। प्रदेश राजधानीमा जनतालाई कुनै काम पर्दैन । नेपाल र नेपाली जनताको अहिले आर्थिक स्थित कमजोर छ । संघीयता थेग्न नसक्ने उहाँले बताउनुभयो । नेता विलासी र जनता गरिब भएकै कारण जनतामा वितृष्णा जागेको बताउनुभयो । अबको सरकारले गरिबी र बेरोजगारलाई समाधान गर्ने उपाय खोज्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोमकुमार कार्कीले अहिलेको सरकारले जिम्मेवार भएर जनताको हितमा काम गर्नुपर्ने बताउनुभयो । यस अघिका सरकारले जनताको हितमा काम गर्न नसक्दा विकल्प खोजेका थिए । अबको सरकारले काम गर्नुपर्ने उहाँके बताउनुभयो ।
संविधान सभा सदस्य लीला सोमैले पछिल्लो निर्वाचन परिणामपछि राजनीतिक दल सुस्ताएको बताउनुभयो । संविधानलाई अझै राम्रो बनाउने विषयमा छलफल हुनुपर्छ । संविधानको भने रक्षा गर्नुपर्ने उहाँले बताउनुभयो । राष्ट्रियता धरापमा पर्ने गरी संविधान संशोधन गर्न नहुने सोमैले बताउनुभयो ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले कम्युनिस्टका नाममा खोलिएका भट्टी बन्द गर्नुपर्ने बताउनुभयो । गन्तव्यको पहिचान गर्नुपर्ने बताउनुभयो । पहिला सबै नेता कम्युनिस्ट बन्नुपर्छ । जीवन जिउनका लागि सिद्धान्तको प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । कम्युनिस्टको नाम राखेर एकले अर्कोलाई खुइल्याउने प्रवृत्ति हटाउन खनालले सुझाव दिनुभयो ।
कार्यक्रममा पूर्व संसद यादव रायमाझी, नेपाली काङ्ग्रेसका शोभाखर न्यौपाने, नेपाल कम्युनिस्ट पार्टीका जगन्नाथ नेपाल, राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुँवर, नेकपा माओवादीका मीन बहादुर आले, बुद्धिजीवी निर्मल श्रेष्ठ, सन्तोष खनाल, मथुरा ढकाल लगायतले संविधान संशोधनबारे आफ्नो विचार राख्नुभएको थियो। सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्ने उनीहरूले बताए।
राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीको अध्यक्षतामा भएको कार्यक्रममा पाल्पास्थित विभिन्न राजनीति दलका नेता, बुद्धिजीवी, शिक्षा विद, पत्रकार लगायतको उपस्तिथि रहेको थियो ।
जनमोर्चाका सहसचिव नरमति सिंजालीले स्वागत गर्नुभएको कार्यक्रममा सचिव विरेन्द्र मिधुनले संचालन गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस