नेत्र ज्योति संघ अन्तर्गत पाल्पास्थित आँखा उपचार केन्द्रहरूको समीक्षा
पाल्पा, ३१ साउन । नेपाल नेत्र ज्योति पाल्पा अन्तर्गत पाल्पाका विभिन्न ठाउँमा सञ्चालित लायन्स लाकोल आँखा अस्पताल र विभिन्न आँखा उपचार केन्द्रहरूको वार्षिक समिक्षा गोष्ठी आइतबार तानसेनमा सम्पन्न भएको छ ।
गोष्ठीमा पाल्पा लायन्स लाकोल आँखा अस्पतालका बाहीर कार्यक्रम संयोजक सन्तोष दर्जी, कालीगण्डकी आँखा उपचार केन्द्र तथा सर्जिकल सेन्टर रामपुरका इन्चार्ज सुन्दर राना, तिनाउ आँखा उपचार केन्द्रका इन्चार्ज रमेश साहनीले आ- आफ्नो अस्पताल र उपचार केन्द्रको वार्षिक प्रतिवेदन तथा भावि योजना, समस्या र चुनौतीको बारेमा जानकारी गराउनुभएको थियो ।
पाल्पा लायन्स लाकोल आँखा अस्पतालका निमित्त व्यवस्थापक जीवनाथ गैरेले अस्पताल र उपचार केन्द्रहरूको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
गोष्ठीमा कालीगण्डकी आँखा उपचार केन्द्र तथा सर्जिकल सेण्टर रामपुर व्यवस्थापन समितिका सदस्य कृष्ण पौडेलले रामपुरमा सुरूमा स्थानीय क्लबले आँखा शिविरको रूपमा सञ्चालन भएको र वर्तमान अवस्थामासम्म आइपुग्दा स्थानीय निकाय र रामपुरबासी समाजसेवीरूको सहयोगमा आँखा उपचार केन्द्र तथा सर्जिकल सेन्टरको रूपमा विकाश भएको बताउनुभयो ।
नेपाल नेत्र ज्योति संघका उपसभापति भीमसेन कार्कीले स्वागत गर्नुभएको कार्यक्रममा सचिव राजेन्द्र लिगलले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रम नेत्र ज्योति संघ पाल्पाका अध्यक्ष अध्यक्ष बुद्धिप्रसाद शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस