मुक्ति समाज नेपाल पाल्पाको बैठक सम्पन्न
पाल्पा, १५ भदौ । नेकपा एमाले निकट दलित संगठन मुक्ति समाज नेपालको बैठक सोमबार तानसेनमा सम्पन्न भएको छ ।
बैठकमा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज नारायण आचार्यले पार्टीको वर्तमान अवस्थाका बारेमा सहजीकरण गर्नुभयो । बैठकले गरेका निर्णय कार्यक्षेत्रमा पुगेर कार्यान्वयन गर्न निर्देशन दिनुभयो । सबैलाई समान बनाउने अभियानमा एमाले रहेको उहाँले बताउनुभयो । अहिलेको रास्वपा सरकारले पछाडि परेका वर्ग, जातीको पक्षमा छैन । पूँजिपती वर्गको नेतृत्व गर्ने उहाँले बताउनुभयो । पाल्पामा सबैभन्दा बढी एमालेबाट नै निर्वाचित जनप्रतिनिधि छन् । बैठकमा सहभागी हुँदा दलित समुदायको मुद्दा उठाउन सुझाव दिनुभयो ।
नेकपा एमाले निर्वाचन आयोगका केन्द्रीय सदस्य नारायणी शर्माले बैठकका निर्णय कार्यान्वयन गर्न अनुरोध गर्नुभयो । न्यायपूर्ण समाज निर्माणका लागि एमालेको सिद्धान्त रहेको बताउनुभयो ।
नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरले संविधानमा उल्लेख भएका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न एमाले पार्टी प्रतिबद्ध रहेको बताउनुभयो । पार्टी भित्रका नेता तथा कार्यकर्तामा भएका कमजोरीलाई सुधार गर्नुपर्ने बताउनुभयो ।
मुक्ति समाज केन्द्रीय सचिवालय सदस्य ठाकुर लोहागुनले मुक्ति समाज केन्द्र, प्रदेश कमिटीको बैठकको सर्कुलरबारे जानकारी गराउनुभएको थियो । संगठनमा बसेपछि ईमानदार काम गर्नुपर्ने बताउनुभयो । दलित समुदायको हितमा काम गर्ने संगठन मुक्ति समाज हो । दलित समुदाय माथि हुने जातीय विभेदका विरुद्ध एक भएर अगाडि बढ्न उहाँले अनुरोध गर्नुभयो । मुक्ति समाजको सदस्यता वृद्धि गर्ने गरि काम गर्नुपर्छ । असोजमा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने उहाँले बताउनुभयो ।
मुक्ति समाजका केन्द्रीय सदस्य योगेन्द्र कुमार गैरेले चेतना वृद्धि गर्ने खालका कार्यक्रममा सक्रिय सहभागी हुन अनुरोध गर्नुभयो । दलित समुदायका मुक्तिका निम्ति संगठित हुनुपर्ने उहाँले बताउनुभयो । मान्छे भएर बाँच्नका लागि अहिले पनि संघर्ष गरिरहनु परेको गैरेले बताउनुभयो ।
अध्यक्ष तेजप्रसाद रसाइलीले बैठकका प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । पार्टी मिशन जागरण अभियान र जिम्मेवारी बाँडफाँड गरिएको छ । जिल्ला, पालिका र वडास्तरमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय भएको अध्यक्ष रसाइलीले बताउनुभयो । सबै पालिका र वडामा बैठक भेला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ ।
स्वागत नेकपा एमाले पाल्पाका सचिवालय सदस्य तथा मुक्ति समाज फाँट इन्चार्ज भोजबहादुर विकले स्वागत गर्नुभएको बैठकमा सचिव सन्तोष प्रीथिले संचालन गर्नुभएको थियो ।
अध्यक्ष तेजप्रसाद रसाइलीको अध्यक्षतामा भएको बैठकमा मुक्ति समाजका केन्द्र, प्रदेश, जिल्लास्तरका नेताको उपस्थिति रहेको थियो ।
बैठकमा पालिका कमिटीका अध्यक्ष तथा प्रतिनिधिले रिपोर्टिङ गरेका थिए ।
बैठकले भोटेकोसी बाढीले पुर्याएको जनधनको क्षतिप्रति दुख व्यक्त गरेको छ । बाढी पीडित परिवारलाई सक्दो सहयोग गर्न सबैलाई अपिल गर्ने निर्णय गरेको अध्यक्ष रसाइलीले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस