भोटेकोशी बाढी : रोटरी क्लब पाल्पा लुम्बिनीद्वारा ५५ हजार सहयोग

खबर खुराक
१७ भदौ २०८३

मन गहिरे

पाल्पा, १७ भदौ । रोटरी क्लब पाल्पा लुम्बिनी भोटेकोशीका बाढी पहिरोबाट प्रभावितलाई राहत सहयोग कार्यमा जुटेको छ ।

प्राकृतिक विपद्को कठिन परिस्थितिबाट प्रभावित तथा पीडित परिवारहरूलाई सहयोग गर्ने उद्देश्यले ले राहत सङ्कलन तथा सहयोग अभियान सञ्चालन गरेको छ।

अभियान अन्तर्गत नगद तथा दैनिक उपभोगका खाद्यान्न एवं आवश्यक सामग्रीहरू समेत सङ्कलन गरिएको थियो। रोटरी क्लब अफ पाल्पा लुम्बिनीले सङ्कलन गरेको ५५ हजार ५५५ रुपैयाँ प्रमुख जिल्ला अधिकारीमार्फत प्रभावित क्षेत्रमा पारदर्शी रूपमा हस्तान्तरण गरेको क्लबका अध्यक्ष शीखा पहारीले बताउनुभयो ।

राहत सङ्कलन कार्यमा विभिन्न स्थानबाट सहयोग र सहभागिता प्राप्त भए अनुरुप रोटरी क्लब अफ पाल्पा लुम्बिनी तथा लुम्बिनी मेडिकल कलेजमा कार्यरत कर्मचारीहरूबाट करिब ४० हजार रुपैयाँ बराबरको राहत सामग्रीहरू सङ्कलन गरी प्रभावित परिवारहरूलाई हस्तान्तरण गरिएको छ ।

साथै राहत सङ्कलन तथा सहयोग जुटाउने अभियानलाई निरन्तरता दिंदै जाने उहाँले बताउनुभयो । क्लबको यस मानवीय कार्यले कठिन परिस्थितिमा रहेका भोटेकोशी क्षेत्रका प्रभावित परिवारहरूलाई राहत पुग्ने विश्वास गरिएको प्रजिअ पाण्डेले बताउनुभयो ।


धेरै पढिएको