तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा हुने

खबर खुराक
१४ फागुन २०८० १०:४७

१४ फागुन, काठमाडौं । सेलिब्रेटी नेपालको आयोजनामा हुने तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव आगामी वैशाखमा हुने भएको छ । रामेछाप नगरपालिकामा आयोजना हुने यस महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् ।

महोत्सवमा सहभागिता जनाउन चाहनेहरूको लागि दर्ता खुल्ला गरिएको महोत्सव अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिनुभयो । महोत्सवमा जुरी टिमले छनोट गरेका चलचित्र अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने उद्देश्यका साथ आयोजना हुने यो महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्रहरू देखाइनेछ ।

दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्मलाई विश्वमाझ पुर्‍याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवम् पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य हो ।

महोत्सव पहिलो वर्ष गोरखा जिल्लाको लाप्राकमा र दोस्रो पटक काभ्रे जिल्लाको भकुन्डेबेसीमा सम्पन्न भएको थियो । तेस्रो संस्करणको जागरूक युवा क्लब रामेछापले स्थानीय व्यवस्थापन गर्नेछ भने कार्यक्रम संयोजक चलचित्र निर्देशक कमल एक्चै मगर हुनुहुन्छ ।



प्रतिक्रिया