फेसबुक, मेसेन्जर र इन्स्टाग्राम विश्वभर अवरुद्ध

खबर खुराक
२३ फागुन २०८० १०:४१

२३ फागुन, काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम डाउन भएका छन् । मङ्गलबार राति विश्वव्यापी रूपमा मेटाका यी प्लेटफर्म डाउन भएका हुन् ।

विशेषगरी अकाउन्ट आफैं लगआउट हुने देखिएको छ । मङ्गलबार बिहानैदेखि फेसबुकमा विभिन्न समस्या देखिरहेका थिए ।

विशेषगरी पोस्ट अपडेट गर्दा वा एडिट गर्दा पोस्ट अपडेट र एडिट नहुने समस्या देखिएको थियो । अहिले भने सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताले अकाउन्ट एकाएक लगआउट हुने समस्या देखिएको भन्दै गुनासो गरेका छन् । टु फ्याक्टर अथेन्टिकेसन कोड राख्दा पनि त्यस्तो कोड इनकरेक्ट देखाइरहेको छ ।

कतिपयले भने अकाउन्ट लगइन गर्नै समस्या रहेको गुनासो गरेका छन् ।



प्रतिक्रिया