सामसङकाे फिटनेस ट्रयाकर ‘ग्यालेक्सी फिट थ्री’ सार्वजनिक

खबर खुराक
२ चैत २०८० १३:२८

२ चैत, काठमाडाैं । नेपाली बजारमा सामसङकाे फिटनेस ट्रयाकर ‘ग्यालेक्सी फिट थ्री’ सार्वजनिक भएकाे छ । कम्पनीले अत्याधुनिक हेल्थ मनिटरिङ प्रविधि नेपाल भित्र्याएको हो ।

यसमा फराकिलो डिस्प्लेसहितको आल्मुनियम बडी छ, जसले प्रयोगकर्तालाई दैनिक व्यायामदेखि आरामसँग सुत्दासम्म चाैबिसै घण्टा स्वास्थ्य सम्बन्धी डेटा ट्रयाक गर्ने कम्पनीले जनाएकाे छ । सिङ्गल चार्जमा यसको ब्याट्री १३ दिनसम्म टिक्ने कम्पनीको भनाइ छ ।

“स्वास्थ्यबारे सोच्ने यो आधुनिक युगमा मानिसहरूले आफ्नो स्वास्थ्यमा थप गहिरो विवरण खोज्छन् र सामसङले उक्त प्रयासमा सहयोग गर्न अत्याधुनिक स्वास्थ्य मनिटरिङ उपकरण ल्याउँदै आएको छ,” सामसङ नेपालका एमएक्स बिजनेस निर्देशक प्रणयरत्न स्थापितले भने ।

एमाेलेड स्क्रिन र १.६ इन्चको डिस्प्लेको साथ डिजाइन गरिएको ग्यालेक्सी फिट थ्रीमा प्रयोगकर्ताहरूले आफ्नो ट्रयाकरलाई कस्टमाइज गर्न सक्छन् । त्यस्तै १०० भन्दा बढी प्रिसेटहरू सेटिङबाट आफ्नो मनपर्ने वाच फेस छनोट गरेर वा ब्याकग्राउण्डको रूपमा आफ्नै फोटोहरू सेट गरेर यसलाई थप स्टाइलिश बनाउन सकिने कम्पनीले जनाएकाे छ ।



प्रतिक्रिया