चलचित्र ‘मोदीबेनी’का दुई छुट्टाछुट्टै पोस्टर सार्वजनिक

खबर खुराक
२४ जेठ २०८१ १५:३१

काठमाडौं । चलचित्र ‘मोदीबेनी’का दुई पोस्टर सार्वजनिक गरिएको छ । अमरप्रताप श्रेष्ठ र वर्षा सिवाकोटी फिचर्ड दुई छुट्टाछुट्टै पोस्टर सार्वजनिक गरिएको हो ।

पोस्टरमा डेब्यु अभिनेता श्रेष्ठलाई ‘एंग्री योङ म्यान’को रूपमा देखाइएको छ । यसले उनलाई एक्सन अवतारमा देख्न सकिने संकेत गरेको छ ।

अभिनेत्री सिवाकोटीलाई पोस्टरमा रहस्यमय अवतारमा देखाइएको छ । यसबाट कथामा केही रहस्य लुकेको अनुमान लगाउन सकिन्छ ।

‘मोदीबेनी’लाई शंकर कोइरालाले निर्देशन गरेका छन् ।

पर्वतको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको यो चलचित्र साउन १८ गते रिलिज हुनेछ ।



प्रतिक्रिया