गायक प्रकाश तिमिल्सिनाको निधन
काठमान्डौं, २७ साउन । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । शनिबार भैँसेपाटीस्थित आफ्नै डेरामा अचेत अवस्थामा फेला परेका गायक तिमिल्सिनाको पाटन अस्पतालमा निधन भएको हो ।
भैँसापटीकी प्रहरी निरीक्षक बिनु शाहीका अनुसार प्रकाशकी श्रीमती दिब्या तिमिल्सिना मंगलबार विराटनगर गएकी थिइन् । विराटनगरबाट श्रीमती दिब्याले शनिबार बिहानदेखि निरन्तर फोन गर्दा पनि प्रकाशले नउठाएपछि सोही घरमा भाडा गरी बस्नेलाई बुझ्न भनेकी थिइन् । गएर हेर्दा प्रकाशलाई अचेत अवस्थामा भेट्टाएपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।
खबर पाएपछि दिउँसो साढे ३ बजे प्रहरी प्रकाशको डेरामा पुगेको शाहीले बताइन् । त्यसपछि उनलाई तत्काल पाटन अस्पताल पुर्याएइको थियो । तर, चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन् ।
प्रकाशमा दीर्घ रोग पनि नरहेको र स्वास्थ्यमा पनि समस्या नरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । प्रकाश स्पेन जाने तयारीमा रहेको उनकी श्रीमतीले जानकारी दिएकी छन् ।
तिमिल्सिनाको शव आइतबार बिहान ८ बजे संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । उनकोअन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिने भएको छ ।



प्रतिक्रिया दिनुहोस