दोस्रो ओभरमै ५ रन बनाएर आउट भए शिखर धवन

खबर खुराक
२२ मंसिर २०८१

काठमाडौं, २२ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सलाई ठूलो झड्का लागेको छ ।

विराटनगर किंग्सविरुद्ध ब्याटिङ गरिरहेको कर्णाली याक्सले पहिलो विकेट गुमाएको छ।  पहिलो इनिङको दोस्रो ओभरमै शिखर धवन आउट भएका हुन्।  प्रतिश जिसीको बलमा ५ बल ५ रनमा आउट भएका उनले १ चौका हाने।  

कर्णालीले ८ रन जोड्दा ओपनर शिखर धवनलाई गुमाएको छ । शिखर ५ बलमा ५ रन बनाएर आउट भए । उनलाई विराटनगरका प्रतिश जिसीले दोस्रो ओभरको तेस्रो बलमा बोल्डआउट गरे ।