महाकवि देवकोटा क्याम्पसमा एकाउन्टिङ् तालिम
आज मिति २०८२-०९-०३ गतेका दिन महाकवि देवकोटा क्याम्पसको आयोजनामा यसै क्याम्पसको सभाहलमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई लेखा विषयमा नवीन, व्यवहारिक तथा प्रयोगात्मक ज्ञान प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको दुई दिने एकाउन्टिङ तालिमको शुभारम्भ भएको छ ।

महाकवि देवकोटा क्याम्पस व्यवस्थापन सङ्काय प्रमुख भिमलाल ढकालको अध्यक्षतामा सञ्चालन भएको उक्त तालिममा चार्टर एकाउन्टेन्ट अर्जुन पाण्डे प्रशिक्षक रहनु भएको थियो । कार्यक्रममा क्याम्पस अन्तर्गत व्यवस्थापन सङ्काय स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
उक्त तालिम कार्यक्रमको पहिलो सत्रमा प्रशिक्षक पाण्डेले अधुनिक लेखा प्रणालीको बारेमा जानकारी गराउँदै लेखा सिद्धान्त, दोहोरो लेखा प्रणाली साथै लेखा सम्बन्धी प्रयोगात्मक ज्ञान प्रदान गर्नु भएको थियो ।
उक्त अवसरमा सभाध्यक्ष ढकालले भर्खरै मात्र कक्षा ११ र १२ उत्तीर्ण गरी स्नातक तहमा भर्ना भएका विद्यार्थीहरुलाई आधुनिक लेखा प्रणाली सम्बन्धी व्यवहारिक साथै प्रयोगात्मक ज्ञान प्रदान गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको सन्दर्भ उल्लेख गर्दै विद्यार्थीहरुले लेखा विषयमा नवीन ज्ञान प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस