सेयर कारोबार आज नहुने

खबर खुराक
१८ वैशाख २०८०

१८ वैशाख ,काठमाडौं । सेयर बजार आज (सोमबार) बन्द हुने भएको छ ।

सरकारले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार देशभर सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द हुने भएको हो ।

आइतबार कारोबार भई बन्द भएको नेप्से अब मंगलबार बिहान ११ बजेमात्रै खुल्नेछ । आइतबार नेप्से परिसूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा रोकिएको थियो ।