आजको विदेशी मुद्राको विनिमय दर

खबर खुराक
२४ वैशाख २०८०

२४ वैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ५९ पैसा र बिक्री दर १३१ रूपैयाँ १९ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ९८ पैसा र बिक्री दर १४४ रूपैयाँ ६४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ७७ पैसा र बिक्री दर १६५ रूपैयाँ ५२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८५ पैसा र बिक्री दर ३६ रूपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।