१ करोडभन्दा माथिको कारोबार गर्ने सिनेमा हलले मासिक भ्याट विवरण पेश गर्नुपर्ने

खबर खुराक
३ भदौ २०८०

१ भदौ, काठमाडौं । आन्तरिक राजस्व विभागको निर्णयअनुसार अबदेखि एक करोड रुपैयाँभन्दा माथिको कारोबार गर्ने सिनेमा हलले मासिक रुपमा भ्याट विवरण पेश गर्नुपर्ने भएको छ ।

यो प्रावधान यसै आर्थिक वर्ष २०८०-८१ देखि लागू भएको समेत विभागले जनाएको छ । यसअघि चौमासिक रुपमा विवरण बुझाउनुपर्ने व्यवस्था थियो । सोही कारण अब एक करोड रुपैयाँ भन्दा बढीको कारोबार भएका करदाताले अब मासिक रुपमा विवरण कर कार्यालयमा बुझाउनुपर्ने भएको छ ।