तामाङ समुदायमा प्रचलित ‘डम्फु र सेलो’ कार्यक्रम सुरु

खबर खुराक
८ जेठ २०८१

८ जेठ, काठमाडौं । तामाङ समुदायमा प्रचलित, परम्परागत भाका सेलो, फापरे व्हाईलगायतका (गीत)को प्रवर्द्धनका लागि ‘डम्फु र सेलो’ कार्यक्रम सुरु भएको छ । नेपाल तामाङ घेदुङका महासचिव जगत् दोङले इन्डिजिनियस टेलिभिजनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको डम्फु र सेलो  कार्यक्रम इन्डिजिनियस टेलिभिजन आइटिभी नेपालबाट हरेक साताको शुक्रवार साँझ ८ बजे प्रसारण हुने जानकारी दिनुभएको हो ।

उहाँले समुदायमा रहेको परम्परागत गीतका भाका, वाद्यवादन प्रयोग गरेर इच्छुक कलाकारले आफ्नो प्रतिभा देखाउने अवसरका लागि डम्फु र सेलो कार्यक्रममार्फत मञ्च दिइएको बताउनुभयो । डम्फु र सेलो कार्यक्रम अन्तरगतको पहिलो शृङ्खलामा चर्चित गायक-गायिकाहरू मिलन लामा, फुलकुमार बम्जन, गीता योन्जनलगायतको प्रस्तुति रहेको थियो ।