जीवनको अर्थ

खबर खुराक
२१ जेठ २०८१

 

 

आओस् चुनौतीहरु जिन्दगीमा

पो
जिउनुको अर्थ छ !
असिना र पानी नखेपेको वृक्ष पनि
आँटिलो हुन्छ भन्नु ब्यर्थ छ !

हथौडा र छिनोको पीडा न सहे
ढुङ्गा पनि मूर्ति बन्छ र कहाँ  ?
ठेस लाग्दैमा पाईला नचाले
पुगिदैन
पुग्नु पर्ने छ जहाँ !

साधुवाद छ दुःख दिनेहरुलाई समेत
मन दुखाई रहन्छन् यहाँ !
मन पनि घरिघरि
दुखेन भने त
मुटु पनि बलियो हुन्छ र कहाँ ?