फिल्म ‘एक भगवत् गीता’काे ट्रेलर सार्वजनिक

खबर खुराक
१५ भदौ २०८०

१५ भदौ, काठमाडौं । विपिन कार्की अभिनीत फिल्म ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्माताले ट्रेलर सार्वजनिक गर्नुभएको हो ।

ट्रेलरले फिल्मको कथावस्तुलाई लिएर महत्वपूर्ण प्रकाश पारेको छ । अल्पसंख्यक लैंगिक समुदाय (एलजीबीटआई) र मधेशको कथावस्तुमा बनेको फिल्मले विभेद, समानता र न्यायको सन्देश प्रवाह गरेको छ । विपिनको कमलामाई अवतारमार्फत् निर्देशक झरना थापाले लैंगिक अल्पसङ्ख्यक समुदायको कथावस्तुमार्फत सशक्तीकरणको सन्देश दिन खोज्नुभएको हो ।

यस्तै, फिल्ममा सुहाना थापा र धीरज मगरको प्रेम सम्बन्ध र रोमान्सलाई समेत फिल्ममा चित्रण गरिएको छ । सुनिलकुमार थापा प्रोडक्सनले निर्माण गरेको यो फिल्मको निर्मातामा सुहाना आफैं हुनुहुन्छ ।

‘एक भगवत् गीत’ भदौ २९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।