भारतीय २ हजारको नोट साट्ने समय अक्टोबर ७ तारिकसम्म थप

खबर खुराक
१६ असोज २०८०

एजेन्सी । भारतीय रिजर्व बैंकले भारु २ हजारको नोट साट्ने समयावधि ७ दिन थप गरेको छ । भारतीय रिजर्व बैंकले चलनचल्तीमा रहेको भारु २ हजारको नोटलाई बैंकमा फर्काउने नीति लिएको हो ।

उक्त समयसीमा शनिबार सकिएपछि फेरी समय थप गरेर अक्टोबर ७ तारिक सम्मका लागि सीमा तोकेको छ । भारतीय रिजर्ब बैंकले सूचना जारी गर्दै २ रुपैंयाको नोट अक्टोबर ७ तारिकसम्ममा सबै सटही गरिसक्न भनेको छ ।

भारतीय नक्कली नोटहरु बजार ल्याएर भारतको अर्थतन्त्र ध्वस्त पार्न खोजेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि ५ सय र १ हजारका नोट प्रतिबन्ध लगाएर २ हजारको नोट जारी गरेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिएको नोटबन्दीको निर्णयले जाली नोटको कारोबार गर्ने गिरोहलाई झट्का दिएको थियो । अहिले २ हजारको नोटहरु बजारका लागि उपयुक्त नभएको भन्दै २ को नोट प्रतिबन्ध गरेको हो ।