मेनुका पौडेलद्वारा स्वरबद्ध भारतीय फिल्म ‘सलार’को गीत सार्वजनिक (भिडियो सहित)

खबर खुराक
२८ मंसिर २०८०

काठमाडौं ।  मेनुका पौडेलद्वारा स्वरबद्ध भारतीय फिल्म ‘सलार’मा समावेश गीत  सार्वजनिक भएको छ । निर्माता कम्पनी हम्बेल पिक्चर्सले ‘सुरज ही चाहो बन्के..’ बोलको हिन्दी गीत रिलिज गरेको हो ।

पौडेलले केही दिनअघि यो गीत रेकर्ड गरेकी थिइन् । यो गीतसँगै औपचारिकरुपमा मेनुकाले भारतीय फिल्मको पाश्र्वगायनमा डेब्यु गरेकी छन् । लिरिकल शैलीमा तयार पारिएको गीतमा प्रभास र पृथ्वीराज सुकुमारणलाई चित्रण गरिएको छ ।