न नीति, न नेतृत्व, लथालिङ्ग मेरो देश

खबर खुराक
२९ माघ २०८० १०:१८

बुटवल । करिव करिव ३ करोड जनसंख्या रहेको नेपालको अहिले ठ्याक्कै डाटा नभएपनि करिब २ करोड जनसंख्या नेपालमा बसोवास गर्दछन्। सानो मुलुक सानो जनसंख्या तर गज्जवको भैगोलिक विविधता छ नेपालमा।दुई बिसाल मुलुक ९आर्थिक र भौगोलिकताको हिसाबले० भारत र चिनको बिचमा रहेको नेपाल आफैमा स्वर्णिम मुलुक हो। फरक भेष,भुसा,भाषा सस्कृतिले हाम्रो मौलिकताको पहिचान पनि हो।

नेपालमा पहिला व्यापार निकै गाह्रो थियो। सिमित व्यक्ति अझ विषेश जात नै व्यापारमा तल्लिन थियो। जब शिक्षा र उदारीकरण बढ्दै गयो अनि व्यापारमा सहजता र चुनौति बड्दै गयो। उद्योग र व्यापारमा सरकारले बाहिरि लगानी आवाहान र प्रबर्द्धन गर्ने नीति लियो अनि देशमा व्यापार र उद्योग फस्टाउदै गयो। विषेशत यसको जस रामसरण महतलाई जान्छ। नेपालमा २०४६ सालमा राजनितिक परिवर्तन भयो।

खुल्ला अर्थ नीति र निजि क्षेत्रलाई बैंक खोल्न दिने निर्णयले देशमा निजि क्षेत्रको आक्रमक लगानी बढ्यो। २०४८ सालमा उद्योग व्यवसायमा झन्डै दोव्वरले बडेको देखिन्छ। आर्थिक चलायमान तिव्र वढ्यो। देशमा रोजगारी पनि बड्यो। देशले उद्योग धन्दामा काचुलि फेर्ने क्रमस बड्दै थियो।

विडम्बना २०५१ मा माओवादिले व्यवस्था परिवर्तनका नाममा युद्ध सुरु गर्यो। अनि फेरि सुरु भयो उद्योगी र व्यवसायीको उधो गति। आधा महिना त नाकाबन्दी र बन्दका नाममा उद्योग र व्यापार बन्द हुन्थ्यो। व्यापार गर्ने सबै सामन्ती र दलाल हुन भन्ने अवाफ फैलायर हिड्यो। चन्दा आतंकको कुरै नगरौ। चन्दा नदिए उद्योगी व्यापारीलाई धम्कीपूर्ण पत्र काट्ने, अपहरण गर्ने, हत्या गर्ने, सम्पति लुट्ने जस्ता अनेक हत्कण्ड सहेर पनि आफ्नो देशमा केहि गर्नु पर्छ भन्ने हुटहुटि पालेका व्यक्तिले व्यवस्था परिवर्तन छिटै होला र हाम्रो पनि दिन आउला भनेर निकै पिडादाई समय जेनतेन गुजारेका हुन।

२०६३ मा शान्ति वार्ता भयो। व्यवस्था परिवर्तन नि भयो। राजनीतिक रुपमा त ठुलै हलचल भयो। अब देशमा एउटा मात्रै व्यवस्था आर्थिक परिवर्तन गर्न वाकि छ भन्दै उफ्रेका दल फेरि सम्विधान बनाउने नाममा देशलाई बन्धक बनाए। ट्रेड युनियनका नाममा आतंक नै सिर्जना गरियो। यो अवस्थाबाट पिडित उद्योगी व्यवसायी जेनतेन लुकेर, लुटाएर, पिटिएर, भागेर आफ्नो व्यवसाय धन्दा धानेका थिए। यिनका स्वार्थ नमिल्दा पहिलो सम्विधान सभा मृत भयो। देश लथालिङ्ग भयो। कर्मचारीलाई देश सुप्पे। दोस्रो सम्विधान सभाबाट सम्बिधान जारि भो।

तर विडम्बना भारतले नाकाबन्दि लगायो। यसको मार उद्योगी र व्यापारी नै भए। लगत्तै २०७२ सालमा फेरि भुईचालो गयो। यसको मार पनि उद्योगी र व्यापारीले नै सहन पर्यो। गति समात्न नभ्यउदै कोरोनाले विश्व आतंकित गरायो। अनि फेरि सुरु भो उभो गति। कोरोनाले व्यापार व्यवसाय नभएको समयमा खर्चको गति रोकिएन। बैक व्याज, घर भाडा, कर्मचारि तलब लगाएत बिबिध खर्च हुने नै भो। आम्दानी नहुनु, खर्च बढ्नु भनेको उल्टो यात्रा तय गर्नु नै थियो। तर विडम्बना विकल्प थिएन, भागेर जाने ठाउँ थिएन। सबै ठप्प हुदा जेनतेन नगद मौजाद र थप ऋणको भारिले बाचेका उद्योगी व्यवसायी बुच्चडको बाक्रो जस्तो निरीह रहे।

बैंकमा पैसाको अभाव भयो भन्दै अवाफ फैलाईयो। वैकले मनपरि व्याज बडाएर भाचिएको ढाडमा फेरि मुक्का प्रहार गर्यो। यसै विचमा कौयौ उद्योगी व्यवसायी ले आत्महत्या गर्न बाध्य भए। पुर्वका एक जना युवा उद्योगी आचार्यले त लामै व्यापार, उद्योग र सरकाको नितिको बारेमा वितृष्णा लेख्दै सम्सद भवन अगाडि नै आत्मदाहा गरे। यो काण्डले युवा पुस्ता स्वदेशमा अड्याउनै नसकिने स्थिति बन्यो जुन अहिले पनि सहरका बिच भागका सटर भाडामा लेखिएको पर्चाले प्रस्ट हुन्छ। सगै अन्तर्राष्ट्रिय विमानस्थलको भिडले पुष्टि गर्छ।

समय कुर्नुपर्छ र धैर्यता हुनुपर्छ भन्ने उद्योगी व्यवसायीलको मुल मन्त्र हो र समय कुरि रहे। तर बिडम्बना सरकार र राष्ट्र बैकको लय नमिल्दा ऋणको नयाँ गाईडलाईन जारी गर्यो राष्ट बैकले। जेनतेन चलेकाको हालत अब सुरु भो उल्टो। बजारमा तरलता, सरकारले नै ठेकदारलाई पैसा भुक्तानी नगर्ने तर कर असुलि गरिरहने खेल चलिरह्यो।

अनउत्पादक जग्गा र सेयरमा लगानी बडाउन लबिङ भयो र केही सुधार भयो तर अफसोच रोजगारि दिने क्षेत्र सरकारको कर असुली गर्ने क्षेत्र मात्र रह्ये,कुनै सुधार भएन र कुरा सुनेन पनि। दुर्गा प्रसाई जस्ता गलत व्यक्तिले ऋण तिर्न नपर्ने अभियान चलाए जुन गलत थियो र वल पुर्वक रोक्नु पर्ने थियो।

नयाँ उद्योग र व्यापारमा लगानीको वातावरण नहुनु र राष्ट्र बैकको गाईडलाईनले पुरानो उद्योग,व्यापारमा लगानी गर्न नसकिने भएपछि लगानी सबै वैकमा थुप्रिएर बस्ने नै भयो। कतिपय बैक र कर्मचारीको सङ्कोच मानसिक्ताले ऋणिलाई ग्राहकको रुपमा नबुझ्ने र ऋणिको रुपमा अपहेलित गर्ने पनि लगानीको एउटा संकोच हो।

अहिलेको परिबेसमा राष्ट्र वैकले कि त गाईडलाईन सम्सोधन गर्नु पर्छ कि त लगानी फिर्ता लिई विदेश पलायन हुने वाटो सहज तय गरिदिनु पर्छ। विना ईलमका नेता भए। विना योजनाका कर्मचारी भए।न नीति वनाउन सके न नेतृत्व दिन सके ।



प्रतिक्रिया