यात्रा संस्मरण

कञ्चनदेखि मैदानसम्म

जगिलाल थापा
२२ असार २०८१ १०:५५

बुटवलमा धेरै समयपछि दलबहादुर गुरुङ (डि।बी। दाइ) सँग जम्काभेट भयो। भेटमा दाइले “होइन कता हो अचेल बेपत्ता भाको” भनेर सोध्नुभयो। जवाफमा मैले “कता हुनु र यतै त हो” भनेँ। “कहिलेकाँही घुम्न निस्कनु पर्यो” डि।वी। दाइ भन्नुभयो। मैले पनि “लौ जाम” भनिहालेँ। वहाँले पुनः कन्फर्म गर्न होला सायद “पक्कै जाने त रु“ भनेर सोध्नुभयो। मैले पनि ”पक्कै जाने बरु जाने पो कता हो“ भनेर सोधिहालेँ। जाने ठाउँ पाल्पा रहेछ।


आइतवार बिहान ७ बजे बुटवल आइपुग्नु पर्ने नत्र समयमा पुगिन्न भन्ने कुरा डि।वी। दाइले अह्राउनु भयो।
म आइतवार ६ः३० बजे नै बुटवल पुगेँ। पाल्पा जाने टोलीमा बेनु सर र मूर्तिकार हरि बयम्बु जी समेत हुनुहुँदो रहेछ। वहाँहरुलाई पर्खिने समयमा अटो वर्कसपमा बाइकको चेन कस्ने र मोविल राख्न लगाएँ। तर मिस्त्रीले सेन्टर बुस फेर्न भनेपछि आफूसँग समय नभएको बताएँ । मिस्त्रीले १०र१५ मिनेटमा बन्छ भने। बनाउन लगाएँ ।

उता डि।वी। दाइ साथीहरु आइसक्नु भएको कुरा जानकारी गराउनु भयो। “हामी सिद्धबाबा हुन्छौं आउँदै गर्नुस है” भनेर अगाडि लाग्नुभयो वहाँहरु। तर ७ बजेदेखि बनाउन शुरु गरेको मेरो बाइक पौने ९ बजे बन्यो जवकि मिस्त्री १०र१५ मिनेटमा बन्छ आफै भनेका थिए । म सिद्धबाबा पुगेर फोन गरें। वहाँहरु झुम्सा कटिसकेको खवर आएपछि म एकलै हुँइकिएँ।
डुम्रे पुगेर फोन गर्नै लाग्दा डि।वी। दाइले “कमरेड १ कमरेड १” भनेर बोलाएको सुनेँ। वहाँहरु मिना दिदीको खाजा घरमा नास्ता गर्दै मलाई पर्खिनु भारै छ। मैले पनि मिना दिदीको हातले बनाएको सेलरोटी हतार हतार खाएँ । तर पुरै खान सकिनँ किनभने हामी हतारमा थियौं।


सिद्धार्थ राजमार्ग अन्तर्गत मदनपोखरा स्थित नयाँपाटीबाट पूर्वतर्फको सडकतिर छिर्यौं। केही परमाथि मदनपोखरा पुगेपछि रेडियो मदनपोखराकी सञ्चारकर्मी रीमा सोमैसँग भेट भयो । रीमा जीलाई हरि जीले स्कुटीमा चढाउनु भयो। हामी अगाडि बढ्यौं। धेरैपटक सुनेको नाम दमकडा देख्न पाएँ । सारै राम्रो रहेछ । पाल्पाको सुन्दर दृश्य नियाल्दै अगाडि बढ्दै गर्दा माथागढी गाउँपालिकाको प्रवेशद्वारलाई पृष्ठभूमि बनाएर फोटो खिच्यौं।

त्यसपछि हामी केही तेर्सो लागेपछि उकालो लाग्यौं। यात्राको क्रममा बाटोको छेउमा “झडेवा” लेखेको सानो बोर्ड देखेपछि उजर सरको याद आयो । वहाँको घर त्यतै झडेवातिर थियो। कतै यतै हुनुहुन्छ कि भनेर देवगिर पुगेर वहाँलाई फोन गरेँ। तर वहाँ बुटवल कान्छीबजारमै हुनुहुदोँ रहेछ। हामी ५ जनाको यात्रा अगाडि बढ्यो।

केहीबेरमै हामी मुन्टुङ्ग भन्ने गाउँमा पुग्यौं। मुन्टुङ्ग पुग्दा सिमसिम पानी पर्न लाग्यो। क्यामेरा रुझ्छ कि भन्ने चिन्ता थियो। यद्यपि पानी परेन । हामी पूर्वखोला गाउँपालिका वडा नं। ४ को देवीनगर भन्ने ठाउँमा पुग्यौं। त्यहाँ वडा अध्यक्ष मेयरसिं थापा र वडा सदस्य रविनकुमार श्रेष्ठ अनि लक्ष्मी बिकसँग भेट भयो। वहाँहरुसँग वन,वातावरण तथा पर्यटनका जानकार दलबहादुर गुरुङले चिनपार्ची गराउनु भयो।
केही समयको बसाईपछि वडा नं। ४ को चिर्तुङ्गडाँडा अर्थात् भेजाडाँडाको अवलोकन गर्यौं। उक्त डाँडाबाट पाल्पाका विभिन्न स्थानहरु ढोलीमारा, बेसर्घा, चुलीडाँडा, घडेरीथुम्का लगायतका मनोरम दृश्यहरु देख्न पाइँदो रहेछ। तर त्यो दिन अलिअलि पानी परेकोले ढुँडी लागेर केही देख्न पाइएन। भेजाडाडाँमा पुगेपछि त्यो ठाउँमा एकपटक पुगेको र कहीँ देखेको अनुभूत भयो। म कहिले कसरी यहाँ आइपुगेँ भन्ने यकिन गर्न सकिन तर त्यहाँको सबै दृश्यहरुसँग परिचित छु झैं लाग्यो।

भेजाडाँडालाई पर्यटकीय गन्तव्य कसरी बनाउन सकिन्छरु यसको उपयोग के हुन सक्छ भन्ने छलफल भयो। वडा अध्यक्ष मेयरसिं थापाले भेजाडाँडाको योजनाबारे फेहरिस्त गर्नुभयो। तर मैले वहाँका बेलीविस्तारलाई क्यामेरामा कैद गरिरहदाँ समेत उक्त ठाउँमा पहिलै आइसकेको तर कहिले आएको भन्ने ठम्याउनै सकिरहेको थिइनँ । वन, वातावरण तथा पर्यटनका जानकार दलबहादुर गुरुङले भेजाडाँडाको भविष्य र सम्भावना बारे महत्त्वपूर्ण योजनाहरु सुनाउनु भयो। भेजाडाडाँलाई राम्रो र आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न त्यहाँको मौलिकतालाई नमास्ने गरी भेजा चढाउने स्थलको रुपमा विकास गर्न सकिने बताउनुभयो। यस्तै कलाकार बेनु थापाले भेजा चढाउने ठाउँ भनेपछि सबैतिर प्रख्यात बनाउन स्थानीयहरुले भेजा चढाउँदै आएको स्थानमा अमूर्तमूर्ति स्थापना गरी ढुङ्गे पार्कको रुपमा विकास गरेर देवीनगरको पर्यटकीय स्थल बनाउन सकिने विचार ब्यक्त गर्नुभयो।
केही समयको भलाकुसारीपछि हामी तस्बिर खिच्न लाग्यौं। तस्बिर खिच्दै गर्दा त्यो स्थानको याद आयो। म केही महिना अगाडि सपनामा त्यो ठाउँ पुगिसकेको रहेछुजस्तो लाग्यो । सपनामा सामुहिक तस्विर खिच्दै गरेको याद आयो। सपनामा त्यो ठाउँ निकै सुन्दर थियो। जताततै फूलका बगैँचा थिए। ढुङ्गाका थेपकना थिए। ठाउँ उही थियो मात्र मौसम र त्यहाँको संरचना फरक । मैले यो ठाउँ कुनै दिनको सपनामा देखेको र यहाँ पुरै खेलेको स्मरणहरु सबैलाई सुनाएँ । दलबहादुर दाईले “कहिलेकाँही यस्तो संयोग मिल्न सक्छ” भन्नुभयो।
त्यसपछि त्यहाँबाट हामी पुनः देवीगर झर्यौं। ४ नं। वडा कार्यालयनजिक हामीलाई खानाको बन्दोबस्त गरिएको रहेछ । खाना खाएपछि समाज उत्थान सहयोग केन्द्रकी एक अभियन्ता बिष्णुकुमारी जिसीसँग भेट भयो। वहाँको अफिसमा पुगेर केही भलाकुसारी गरेपछि हामी भानुमाता मन्दिर गयौं। त्यहाँ पुगेपछि निकै मनमोहक दृश्यहरु देखिने रहेछ। हामीसँगै वडाध्यक्ष मेयरसिं थापा, बिष्णुमाया र स्थानीयहरु पनि उकालो चढ्नु भयो।
स्थानीयहरुले उक्त स्थानलाई वनभोज खाने ठाउँका रुपमा विकास गर्ने योजना रहेछ। हामीले भने जतासुकै वनभोज खाने ठाउँभन्दा पनि यहाँको भूगोल अनुसार वनस्पति पार्कको रुपमा विकास गर्नुपर्ने सुझाव दियौं। पाल्पाको त्यहाँ पुगेपछि देशभरमा पाइने विभिन्न प्रजातिका रुख र बिरुवा पाइने भनेर प्रचारप्रसार गर्न सके यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्न सकिने डिवी दाइले सुझाव दिनुभयो । हामी एकैछिन छलफल गरेपछि देवीनगर झर्यौं । आजै घर फर्किन नसकिने भएपछि मैले एक सेट कपडा किनें। त्यसपछि हामी वडा नं। २,जल्पाको सत्यवती बजैको मन्दिरतर्फ लाग्यौं।     



प्रतिक्रिया

धेरै पढिएको