नेपाल—क्यानडा एक दिवसीय शृङ्खलाको अन्तिम खेल आज हुँदै

खबर खुराक
२९ माघ २०८० १०:५९

२९ माघ, काठमाडौं ।  क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर क्यानडालाई पहिले ब्याटिङको निम्तो दिनुभएको हो । नेपाले सिरिज तीन खेल अगावै जितिसकेको छ । पहिलो खेल सात रन र दोस्रो खेल चार विकेटले जितेको नेपाल सिरिजमा २-० ले अगाडि छ ।

नेपाल आज क्यानडाविरुद्ध तेस्रो जित निकाल्दै सिरिजमा ‘क्लिन स्विप’ गर्ने लक्ष्यमा छ । नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षकको प्रशिक्षणमा रहेको क्यानडा पनि अन्तिम खेल जित्दै सिरिजको सुखद अन्य गर्ने दाउमा छ ।



प्रतिक्रिया

धेरै पढिएको

सिडियोलाई स्वागत

३० जेठ २०८१ १६:४३

वृक्षरोपणका लागि तयारी

३१ जेठ २०८१ १८:१३

कवितामा ढोलीमारा

३१ जेठ २०८१ १९:०४