मल्टिस्टारर फिल्म ‘चित्रा’को ट्रेलर सार्वजनिक

खबर खुराक
१९ पुष २०८० ११:०३

१९ पुस, काठमाडौं । मल्टिस्टारर फिल्म ‘चित्रा’को ट्रेलर सार्वजनिक भएको छ । घनश्याम लामिछाने निर्देशित फिल्म पारिवारिक सम्बन्धमा आउने उतारचढाव र बदलाको कथामा आधारित छ ।

३ मिनेट लामो ट्रेलरले कथावस्तुको घुम्ती, चरित्र चित्रण र पात्र स्थापनाबारे प्रकाश पार्छ । ट्रेलरअनुसार मेनुका प्रधान र सन्तोष अधिकारीबीचको सम्बन्धमा तेस्रो व्यक्तिको कारण आउने टसलसँगै कथा अघि बढ्छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *