दयाहाङ स्टारर फिल्म ‘रंगेली’को ट्रेलर सार्वजनिक

खबर खुराक
१० फागुन २०८० १२:०२

काठमाडौं । दयाराङ राई, अर्पण थापा, मिरुना मगर स्टारर ग्याङस्टर ड्रामा ‘रंगेली’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट लामो ट्रेलरलाई निर्देशकले स्टाइलिस बनाउने प्रयत्न गरेका छन् ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको अभिनय छ । चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत छ ।

चलचित्रका कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का योलो एशोसियट निर्माता हुन् ।



प्रतिक्रिया