नेपालबाट कस्तो सीप भएका कामदार वैदेशिक रोजगारीमा गइरहेका छन्

खबर खुराक
२७ असोज २०८१

काठमाडौं, २७ असोज ।  पछिल्ला वर्षहरूमा आवश्यक सीप सिकेर तथा दक्षता हासिल गरेर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढ्न थालेको अधिकारी तथा श्रम आप्रवासन विज्ञहरूले बताएका छन्।

अघिल्लो दशकसम्म उच्च सङ्ख्यामा अदक्ष नेपाली कामदारहरू वैदेशिक रोजगारीमा जाने गरेकोमा केही वर्षदेखि भने त्यसमा परिवर्तन देखिन थालेको उनीहरू बताउँछन्।

सरकारी तथा गैरसरकारी क्षेत्रबाट भएका श्रम आप्रवासनसम्बन्धी अध्ययन प्रतिवेदनहरूमा पनि त्यस्तै प्रकारको विवरण पाइन्छ।

यद्यपि अझै धेरै कमाइ हुने उच्च दक्ष तथा व्यावसायिक सीप भएका नेपाली कामदारको सङ्ख्या न्यून रहेको देखिन्छ।

कतिपय विज्ञहरू भने सरकारी विवरणमा अविश्वास गर्दै “दक्ष कामदार” भनेर गरिने परिभाषा नै बदल्नु पर्ने आवश्यकता औँल्याउँछन्।

सरकारी अधिकारीहरू पनि त्यसलाई अस्वीकार गर्दैनन् तर सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या क्रमश: बढिरहेको उनीहरूको दाबी छ।


धेरै पढिएको