नेकपा एमाले पाल्पाको चौथो पूर्ण बैठक सम्पन्न
पाल्पा, ११ असोज । नेकपा एमाले पाल्पाको चौथो पूर्ण बैठक शनिबार तानसेनमा सम्पन्न भएको छ ।
बैठकमा सहभागी सदस्यहरूले मुलुकमा पछिल्लो समयमा भएको जेनजी आन्दोलनबारे आ-आफ्नो धारणा राखेका थिए ।
बैठकमा प्रमुख अतिथि नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज ठाकुर गैरेले राजनीतिमा जेनजीलाई जोड्नुपर्ने बताउनुभएको छ । दशै लगत्तै सम्पूर्ण टोल कमिटीको बैठक बसेर आम कार्यकर्ताको भावना बुझेर सुझाव लिनुपर्ने बताउनुभयो । आफूले गरेका कमजोरी प्रति आत्मा आलोचित गर्छु । आगामी दिनमा पार्टीलाई शक्तिशाली बनाउन आफू सच्चिएर अगाडि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । सबैले म म भनेर सच्चिन उहाँले आग्रह गर्नुभयो । गाउँगाउँमा पुगेर सुझाव लिने हो । गाली पनि सुन्ने हो । समीक्षा गरेर आगामी रणनीति बनाउनुपर्ने गैरेले बताउनुभयो ।
जेनजीले उठाएको भ्रष्टाचारको मुद्दा जायज भएको बताउनुभयो । भ्रष्टाचार गर्ने कार्यलाई रोक्ने अभियानमा पार्टी लाग्ने उहाँले बताउनुभयो ।
एमाले सकिएको छैन । जनताको एजेन्डा बोकेर हिड्न सके एमाले पार्टी फेरि पनि आशा लाग्दो बन्ने उहाँ दाबी गर्नुभयो ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले मुलुकको अवस्था अझै जटिल बन्न सक्छ । गम्भीर भएर बुझ्न आग्रह गर्नुभयो । जनता र कार्यकर्ताको आवाजलाई सुनेर काम गर्नुपर्ने उहाँले बताउनुभयो । समीक्षा गरेर पार्टी अगाडि बढ्नुपर्ने छ । सच्चिन आवश्यक छ । अहिलेको परिस्थिति आउनुमा एमाले पनि कारक बन्यो वा बनेन। बाह्य कारक के के बने भन्ने बारे समीक्षा गर्नुपर्ने उहाँले बताउनुभयो ।
केन्द्रीय निर्वाचन आयोगका सदस्य नारायणी शर्माले जेनजीका माग राम्रो छ । एमाले यो मागप्रति प्रतिबद्ध भएर सम्बोधन गर्नतर्फ लाग्नुपर्ने बताउनुभयो ।
एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य धनेन्द्रराज घिमिरेले राष्ट्र पार्टी र लोकतन्त्र बचाउन लाग्नुपर्ने बेला आएको बताउनुभयो ।
पूर्व प्रतिनिधि सभा सदस्य नारायण आचार्यले पार्टी विधिमा चल्नुपर्नेमा जोड दिनुभयो । आन्दोलनले नेतृत्व परिवर्तन गर्ने होइन । यसले गलत प्रणालीको विकास हुने उहाँले बताउनुभयो ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारूले सबै नेता शुद्धीकृत हुन आवश्यक रहेको बताउनुभयो । सबै वर्गलाई समेटेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
बैठकमा सहभागी डेन्जिङ रायमाझी, यादव अर्याल : युवालाई संगै लिएर हिड्नपर्ने बताउनुभयो । नारायण बहादुर भाटले नयाँ र जनमैत्री कार्यक्रम ल्याउनुपर्ने सुझाव दिनुभयो । मुलुकमै रोजगारको सुनिश्चित गर्ने खालका कार्यक्रम ल्याउनु पर्छ ।
कृष्ण कार्की ले एमाले सरकारको नेतृत्व भएको आन्दोलन बेला घटेका घटनालाई लिएर माफी माग्नुपर्ने बताउनुभयो ।
यमबहादुर चिदीले गलत प्रवृति प्रतिकार गर्नुपर्ने बताउनुभयो । नुन बहादुर थापाले नेपालका जनताको पुस्ता लडाएर विदेशीले फाइदा लिन खोजेको बताउनुभयो । मानबहादुर रानाले आन्दोलनको बहकावमा लाग्नेलाई पार्टी गतिविधि विरुद्ध लाग्नेलाई कारबाही गर्नुपर्ने बताउनुभयो । प्रेम श्रेष्ठ, भोजबहादुर बिक, रोमबहादुर लम्तरी, प्रेम बगाले विजय रानाभाटले देशको पछिल्लो अवस्थाको समीक्षा गरेर जेनजीलाई पनि पार्टी संगठनमा जोड्नुपर्ने बताउनुभयो ।
एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्ती मगरको अध्यक्षतामा भएको बैठकमा सचिव रामजी पोखरेलले संचालन गर्नुभएको थियोे । उपसचिव दीपक विश्वकर्माले पार्टीको प्रदेश पार्टीको अन्तर पार्टी निर्देशन पढेर सुनाउनुभएको थियो।
बैठकले टोलटोलमा पुगेर आम जनताको भावना र सुझाव बुझ्ने गरि कार्यक्रम तथा बैठक संचालन गर्ने निर्णय गरेको सचिव रामजी पोखरेलले बताउनुभयो ।
बैठकमा जिल्ला सहित पालिका कमिटी अध्यक्ष, केन्द्रीय र प्रदेश नेताको समेत उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस